Logo

बीमा समुहले उचाल्यो नेप्से परिसुचक, घट्दै कारोबार रकम

बीमा समुहले उचाल्यो नेप्से परिसुचक, घट्दै कारोबार रकम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा ७ दशमलव ९७ अंकले बढ्न पुगेको छ ।

बजारमा बीमा समुहको परिसुचक उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । जसमा बीमा समुह १ सय ६६ अंकले बढेको छ । यसैगरी विकास बैंक समुह ९ अंकले बढेको छ भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १ दशमलव ८५ अंकले उकालो लागेको छ । आइतबार बजारमा अतिरिक्त र फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् ।

बजारमा नेप्से परिसुचक बढेपनि कारोबार रकम भने दैनिक जसो ओरालो लागेको छ । आइतबार पनि कारोबार रकम खुम्चदै ३५ करोड रुपैयाँभन्दा कममा सिमित भएको छ । बजारमा १ करोड ३० लाख रुपैयाँ बराबरको नागवेली लघुवित्तको संस्थापक सेयरको कारोबार भएको छ ।

दिनभर कुल १ सय ५७ कम्पनीको ७ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ५ करोड २७ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL