Logo

आइएमईए जनरल इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, थप १६ शाखा खोल्दै

आइएमईए जनरल इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, थप १६ शाखा खोल्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले न्यूरोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आज एक कार्यक्रमबीच काठमाडौंको न्यूरोडमा आफ्नो २३ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने भन्दै ग्राहकलाई चुस्त र सहज सेवा दिन आग्रह गरे । लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब समेत दिएका छन् ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताए । साथै कम्पनीले निकट भविष्यमा १० बराबर ८ सेयरको अनुपातमा हकप्रद सेयर जारी गरी चालू आर्थिक बर्षको अन्त्यमा कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपौयाँ पुर्याउने बताए । अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्ने समेत उनले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले आफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्दै आएको बताए । कम्पनीले हालसम्म ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL