Logo

सामसुङ मोबाइल महोत्सव शुरु, मोवाइल किन्दा ५० प्रतिशतसम्म छुट

सामसुङ मोबाइल महोत्सव शुरु, मोवाइल किन्दा ५० प्रतिशतसम्म छुट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१ फागुन, काठमाडौं । काठमाडौंको पाको, न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्समा आजदेखि सामसुङ मोबाइल महोत्सव २०१५ शुरु भएको छ ।

उप प्रधानमन्त्री, संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उप प्रधानमन्त्री सिंहले अहिलेको समयमा मोबाइलल अनिवार्य वस्तु भएको भन्दै सूचना तथा संचारको विकास हुनु जरुरी भएको बताए । ‘यो महोत्सव आयोजनाले ताम्राकार कम्प्लेक्स तथा न्यूरोड क्षेत्रमा मोबाइलको व्यवसायको बारेमा उपभोक्ताहरुले जानकारी प्राप्त गर्ने अवसर पाउने छन्,’ उनले भने ।

कार्यक्रममा ताम्राकार कम्प्लेक्समा रहेको टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले ताम्राकार कम्प्लेक्सको बारेमा जानकारी गराउन महोत्सवको आयोजना गरिएको बताए । ‘महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा आकर्षक छुट दिईने र ग्राहकहरुलाई विभिन्न उपहारहरु दिने व्यवस्था मिलाएको छ,’ उनले भने ।

महोत्सव अवधिभर मोबाइलको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरअन्र्तगत लक्की ड्र मार्फत छुट दिने व्यवस्था मिलाईएको छ । उनले हरेक दिन लक्की ड्र गरिने र सो लक्की ड्रमा हरेक दिन ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका सभासद ध्यानगोविन्द रंजित, नेपाल चेम्बर अफ कमर्शका ज्ञानेन्द्र रत्न तुलाधरलगायत अन्य अतिथिहरुले महोत्सवको अवसरमा ग्राहकहरुको सेवामा ध्यान दिन आग्रह गरेका थिए । उनीहरुले मोबाइलको बजार बढिरहेको हुँदा आगामी दिनमा नयाँ–नयाँ प्रविधिसहितका उत्पादनहरु नेपाली ग्राहकहरुले प्राप्त गर्ने विचार व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL