Logo

केएल टावरमा विग अफर सेल शुरु, ५० प्रतिशतसम्म छूट सहित उपहारको बर्षा

केएल टावरमा विग अफर सेल शुरु, ५० प्रतिशतसम्म छूट सहित उपहारको बर्षा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं ।  चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विग अफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ ।
नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जानकारी दिएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए ।

साथै सेल मेला अवधिभर सपिगं गर्ने गाहकले दैनिक रुपमा विभिन्न आर्कषक  उपहार समेत पाउनेछन । दैनिक सेल एण्ड विन अफरमा गाहकले एक हजार रुपैयाँको सपिगं भौचर, के एल फुडकोर्टको लन्च कुपन, एफ क्युब सिनेमाको टिकट, मेहेन्दि र हेयर कट कुपन लगायतका विभिन्न उपहार पाउन सक्नेछन ।

त्यस्तै बम्पर उपहार अन्तर्गत ४० हजार रुपैंया बराबरको स्मार्ट फोन, दश हजारं, पाँच हजार र तीन हजारको सपिगं कुपन , फुल क्यास ब्याक तथा एफ क्युब सिनेमाको टिकट जित्न सक्ने आयोजकले जनाएको छ ।

विग अफर सेल मेलामा लुगा, जुत्ता, घडी, ब्याग लगायतका दुई हजार भन्दा बढी किसिमका सामानहरुको खरिदमा असिमित छुट दिइने छ ।

यस सेल मेला अवधि भर केएल टावरमा निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशन शो, गेमशोलगायत कार्यक्रम पनि आयोजना हुने बताइएको छ । विग अफर सेल मेला आगामी भदौ १० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्