Logo

हुन्डाई ओपन गल्फ टुजर्नामेन्ट शनिवारदेखि, ९ जना गन्फर्सबीच प्रतिशपर्धा

हुन्डाई ओपन गल्फ टुजर्नामेन्ट शनिवारदेखि, ९ जना गन्फर्सबीच प्रतिशपर्धा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१७ आयोजना गर्ने भएको छ । सो टुर्नामेन्ट गोकर्ण गल्फ क्लवमा आगामी शनिबारदेखि सुरु हुने कम्पनीले बताएको छ । टुर्नामेन्टमा नेपालका १ गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा टाइटल विनर, फस्ट रनर अफ, सेकेन्ड रनर अफ, बेस्ट ग्रोस, लेडिज विनर, ६० वर्षभन्दा माथिका विजेता, हुन्डाइ ओनर क्याटागोरिज विनर, लंगेष्ट ड्राइभ लगायतका विधामा पुरस्कार दिइने छ । यसका साथै होल इन वन विजेतालाई उपहार स्वरुप हुन्डाइको ग्राण्ड आइ टेन गाडी प्रदान गर्ने घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ ।

हुन्डाइले विश्वभर नै गल्फखेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पिजीए टुरको टुर्नामेन्ट अफ द च्याम्पियन एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।

इन्टर कन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठका अनुसार टुर्नामेन्टले नेपालमा गल्फ खेलको विकास र प्रवद्र्धनमा थप सहयोग पुग्नेछ । कम्पनी नेपालको लागि हुण्डार्ई गाडीको एक मात्र अधिकृत विक्रेता हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL