Logo

टेलिकमको ५१ प्रतिशत नगद लाभांस पारित, लगानीकर्ताले आजबाटै पाउने

टेलिकमको ५१ प्रतिशत नगद लाभांस पारित, लगानीकर्ताले आजबाटै पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको नवौं वार्षिक साधारणसभाले सेयर धनीलाई ५१ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । टेलिकमको आज भएको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आज स्वीकृति गरेको लाभांश रकम भोलीदेखि नै सेयरधनीलाई वितरण गरिने भएको छ । साधारणसभाले कम्पनीको नियमावलीमा संसोधन लगायतका विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले आर्थिक वर्ष २०७२/७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी दिँदै सो अवधिमा कुल राजस्व ३ दशमलव ६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा १३ अर्ब ६८ करोड रुपैयाँ कमाउन सफल भएको बताए । साथै गत आर्थिक वर्षको तुलनामा ग्राहक संख्या १५ दशमलव ६५ प्रतिशतले बढेको उनको भनाइ थियो ।

कार्यक्रममा उनले कम्पनीबाट सञ्चालित आयोजनाहरू तेकिएको समयमा सम्पन्न गर्ने कर्मचारीलाई पुरष्कृत र नियतवश ढिलाई गर्नेलाई दण्ड जरिवाना गर्ने व्यवस्था कडाईका साथ लागू गरिने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL