Logo

सेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार

सेयर बजारमा फर्कियो उत्साह, साढे ९ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.८९ अंकले बढ्दै २७ सय ३१ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय १२ कम्पनीका २ करोड ६४ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ नाघेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ६१ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा ८७ कम्पनीको सेयरमूल्य भने घटेको छ । आज जलविद्युत र व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्