काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.१४ अंकले बढ्दै २६ सय ८३ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय ४ कम्पनीका १ करोड ५० लाख २७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय १५ कम्पनीको सेयरमूल्य घट्दा १ सय ३३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज ५ समुहको परिसुचकमा गिरावट आउँदा बाँकी रहेका ८ समुहको परिसुचकमा वृद्धि देखिएको छ ।