Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३७ करोडको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३७ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा २२.३५ अंकले घट्दै २६ सय ८४ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय ११ कम्पनीका १ करोड ९४ लाख १५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये २ सय ९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ३९ कम्पनीको सेयरमूल्यमा मात्रै सुधार देखिएको छ । आज २ समुहको परिसुचक उकालो लाग्दा बाँकी ११ समुहको परिसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्