काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आइतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.४० अंकले बढ्दै २७ सय ६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १८ कम्पनीका २ करोड ७१ लाख ३२ हजार बढी कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ६२ कम्पनीका सेयरमूल्यमा गिरावट आउँदा ८७ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । आज सेयरमूल्यमा बढेकामध्ये नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज विभिन्न ५ समुहको परिसुचकमा गिरावट आउँदा अन्य ८ समुहको परिसुचक भने उकालो लागेका छन् ।