काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी असार १९ गतेदेखि २३ गतेसम्म (जुलाई ३ देखि ७) ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष अफर सञ्चालनमा ल्याउने भएको छ। यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू—टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कभ ईभी—खरिद गर्न सकिनेछ।
सिप्रदीले ग्राहकका लागि यो कार्यक्रममार्फत विभिन्न मूल्यवर्धित सुविधा उपलब्ध गराउने जनाएको छ। टाटा गाडी खरिद गर्ने ग्राहकले जोडीका लागि थाइल्याण्ड भ्रमण, एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, गाडीका एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान सेवा र एम्बोस्ड नम्बर प्लेटजस्ता सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्।
कार्यक्रम अवधिभर ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका शोरूमहरूमा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन गर्न सक्नेछन्। त्यस्तै, हरेक टेस्ट ड्राइभ, बुकिङ तथा पुरानो गाडीको मूल्यांकन गर्दा आकर्षक उपहार प्राप्त हुनेछ। साथै, एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप स्मार्ट टिभी जित्ने अवसर पनि पाउनेछन्।
सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने उद्देश्यसहित उपभोक्तामैत्री अफर ल्याएको जनाएको छ। कम्पनीले इच्छुक ग्राहकहरूलाई यो अफर असार १९ देखि २३ गतेसम्म सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले समयमै नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरेको छ।