Logo

नौ अंकले बढ्यो सेयरबजार, साढे ९ अर्ब बढीको कारोबार

नौ अंकले बढ्यो सेयरबजार, साढे ९ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१४ अंकले बढ्दै २७ सय ३ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय ११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६४ करोड माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २५ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय २२ कम्पनीको सेयरमूल्य बढेको छ । आज ५ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This