काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २८ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से आज अन्तिम समयमा २८.९१ अंकले उकालो लाग्दा २६ सय ६० को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कुल ३ सय ९ कम्पनीका १ करोड ५७ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ३ करोड मागि पुगेको छ । आज कारोबारमा आएकामध्ये २ सय १७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज उत्पादनमुलक र व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।