काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको हो ।
आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भएको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २५ सय ९५ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ६ कम्पनीका १ करोड ९६ लाख ५० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ७८ करोड माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५५ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ९३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज विकास बैंक, लघुवित्त, जलविद्युत र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।