काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक स्थिर अवस्थामा छ । कहिले १ देखि २ अंकले घट्ने र कहिले १ देखि २ अंकले बढ्ने गरिरँदा नेप्से परिसुचक पछिल्लो हप्ताभरी नै करिव स्थिर विन्दुमा रहेको देख्न सकिन्छ । यो साताको चौथो कारोबार दिन (बुधबार) पनि नेप्से परिसुचक ०.३३ अंकले घट्दै २६ सयको विन्दुमा रुमल्लिरहेको छ । यसअघि मंगलबार पनि नेप्से विन्दु २६ सयको विन्दुमा थियो ।
आज कुल ३ सय ११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख नाघेको छ । आज कारोबारमा आएकामध्ये १ सय ३४ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय १२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ । आज कुल ६ समुहको परिसुचक उकालो लाग्दा बाँकी रहेका ७ समुहको परिसुचकमा गिरावट आएको छ ।