Logo

सेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण

सेयर बजारमा पौने ६ अर्बको कारोबार, बैंकिङ र लघुवित्तमा आकर्षण



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ०.२२ अंकले घट्दै २६ सयको विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय १६ कम्पनीका १ करोड ३८ लाख १८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७८ करोड ७६ लाख माथि पुगेको छ । आज बैंकिङ र लघुवित्त समुहको सेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । यी दुई समुहको उपसुचक मंगलबार क्रमशः ५.९३ र ८.९७ अंकले बढेका छन् ।

यससँगै आज उत्पादनमुलक, लगानी र म्युचुअल फण्ड समुहको परिसुचकमा पनि वृद्धि देखिन्छ । आज बाँकी रहेका ८ समुहको परिसुचकमा भने गिरावट आएको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय ७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This