काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डबाट जोशीले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।
कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशनको अनुमति पाएको हो । जोशीको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रर्वद्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।