Logo

नेपालगञ्जमा सांगीतिक धमाकासहित पल्सर एन१२५ सार्वजनिक हुँदै

नेपालगञ्जमा सांगीतिक धमाकासहित पल्सर एन१२५ सार्वजनिक हुँदै



काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बहुप्रतीक्षित नयाँ पल्सर एन१२५ मोटरसाइकल नेपालगञ्जमा एक विशेष सार्वजनिक कार्यक्रममा सार्वजनिक गर्न लागेको छ।

सांगीतिक माहोलका साथ आयोजना गरिने उक्त कार्यक्रम जेठ ११ गते साँझ ६ ः ३० बजेबाट नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फ सुरु हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। कार्यक्रममा लोकप्रिय गायक सुगम पोखरेल र लोकदोहोरी गायक चक्र बमको प्रत्यक्ष प्रस्तुति रहनेछ भने कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन्।

पल्सर एन१२५ मा १२४.५८ सिसी क्षमताको एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन प्रयोग गरिएको छ, जसले ८.८२ किलोवाट पावर र ११ एनएम टर्क उत्पादन गर्न सक्छ। यो मोटरसाइकल १२५ सिसी सेग्मेन्टभित्र पावर र स्टाइलको सशक्त संयोजनको रुपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले नेपालगञ्जमा पल्सर एन१२५ ल्याउन पाएकोमा निकै उत्साहित रहेको बताउँदै, ठूलो संख्यामा दर्शक र बाइकप्रेमीहरूको सहभागिता हुने अपेक्षा गरिएको बताए । पल्सरका अघिल्ला मोडेलहरू जस्तै एन१२५ पनि नेपाली बजारमा लोकप्रिय हुने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्