काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित घटेको नेप्से अन्तिम समयमा १४.८७ अंकले घट्दै २६ सय ३४.२३ को विन्दुमा झरेर रोकिएको हो ।
आज दिनभर कुल ३ सय १४ कम्पनीका २ करोड १८ लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६३ करोड ४८ लाखमा सीमित भएको छ । यसअघि आईतबार कारोबार रकम १० अर्ब माथि पुगेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ६८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७७ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।
आज कारोबारमा आएकामध्ये विकास बैंक जीवन बीमा र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये क्रेस्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेगाश्री फम्र्यास्युटिकल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।