Logo

विद्युतीय चारपांग्रे सवारीसाधन आयातबाट ११ अर्ब बढी राजस्व संकलन, ९ महिनामा आयात भए ७ हजार ९ सय

विद्युतीय चारपांग्रे सवारीसाधन आयातबाट ११ अर्ब बढी राजस्व संकलन, ९ महिनामा आयात भए ७ हजार ९ सय



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्मको ९ महिनामा नेपालमा आयात भएका विद्युतीय चारपांग्रे सवारीसाधनबाट ११ अर्ब ४७ करोड ३९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा ७ हजार ९ सय ५८ वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन्, जसको कुल मूल्य १८ अर्ब ६१ करोड ५३ लाख ३० हजार रुपैयाँ छ।

तथ्यांकअनुसार ५० किलोवाटसम्मका २ हजार ७ सय ८३ वटा सवारीसाधन आयात भएका छन्, जसको मूल्य ४ अर्ब ९७ करोड ३६ लाख रुपैयाँ र राजस्व २ अर्ब १५ करोड ९ लाख रुपैयाँ छ। त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ४ हजार ४ सय १४ वटा सवारीसाधनको मूल्य १० अर्ब ९४ करोड ४७ लाख ९८ हजार ८ सय रुपैयाँ र राजस्व ६ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ छ।

१०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७ सय ४२ वटा सवारीसाधनको मूल्य २ अर्ब ५६ करोड ९ लाख रुपैयाँ छ भने राजस्व २ अर्ब १७ करोड ७१ लाख रुपैयाँ छ। २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १७ वटा सवारीसाधनको मूल्य १२ करोड ४९ लाख ९७ हजार ५ सय रुपैयाँ र राजस्व १९ करोड ५३ लाख रुपैयाँ उठाईएको तथ्यांकमा उल्लेख छ।

३०० किलोवाटभन्दा माथिका २ वटा सवारीसाधनको मूल्य ८३ लाख २३ हजार रुपैयाँ र राजस्व ८८ लाख २६ हजार रुपैयाँ छ। यो तथ्यांकले कम शक्तिका सवारीसाधनको आयात र राजस्वमा ठूलो योगदान रहेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्