Logo

साताको अन्तिम दिन नेप्से सामान्य बढ्यो, कारोवार रकम पनि आधाले घट्यो

साताको अन्तिम दिन नेप्से सामान्य बढ्यो, कारोवार रकम पनि आधाले घट्यो


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१७ पुस, काठमाडौं । विहीबार नेप्से परिसुचक सामान्य रुपमा बढेको छ । बजार खुलेपछि केहि समय ६ अंकले बढेको नेप्से अन्तमा १ दशमलव ३५ अंकले मात्र बढेको छ । नेप्से परिसुचक ९ सय ३ दशमलव ६८ विन्दुमा पुगेर अडिएको छ ।

विहीबार बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ९ दशमलव ९२ अंकले बढेको छ । यस्तै बैंकिङ समुहको परिसुचक पनि ४ दशमलव ६ अंककले बढेको छ । यसैगरी, विकास बैंक र फाइनान्स समुहको परिसुचक पनि सामान्य रुपमा बढेका छन् ।

बजारमा जलविद्युत् समुहको परिसुचक भने ७ दशमलव ६ अंकले ओरालो लागेको छ । यस्तै, अन्य समुहको परिसुचक १५ दशमलव २७ अंकले ओरालो लागेको छ भने होटल समुहको परिसुचक पनि ओरालो लागेको छ ।

विहीबार बजारमा सेयर कारोवार रकम पनि उल्लेख्य घटेको छ । दिनभार कुल १७ करोड ७० लाख रुपैयाँ बरावरको ५ लाख ४१ हजार कित्ता सेयर मात्र कारोवार भएको थियो । तर, बुधबार कुल ३६ करोड ५० लाख रुपैयाँ बरावरको १० लाख ६३ हजार कित्ता सेयर कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL