Logo

नेप्से ५ अंकले घट्यो, कारोवार रकम भने वढ्यो

नेप्से ५ अंकले घट्यो, कारोवार रकम भने वढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ पुस, काठमाडौं । बुधबार नेप्से परिसुचक ४ दशमलव ९ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से ९ सय २ दशमलव ३३ अंकमा झरेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ३० दशमलव १९ अंकले घटेको छ । यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव ४२ अंकले घटेको छ भने होटल समुह पनि १६ दशमलव ६२ अंकले घटेको छ । बुधबार बजारमा बीमा समुहको परिसुचक भने २४ दशमलव २१ अंकले बढेको छ ।

बुधबार बजारमा नेप्से परिसुचक घटेपनि कारोवार रकम भने बढेको छ । बजारमा कुल ३६ करोड ५० लाख रुपैयाँ बरावरको १० लाख ६३ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL