Logo

कमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?

कमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?



काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउने भएका छन् । कम्पनीले दिएको जानकारी अनुसार कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले सो गिफ्ट पाउने भएका हुन् ।

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनमा पुगेका छन् । आउने शनिवार असार १५ गते काठमाडौंको मूलपानीस्थित आफ्नै स्टुडियोमा अपरान्ह ४ बजेदेखि ग्राण्ड फिनाले सुरू हुनेछ। फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट एकजना विजेता घोषणा गरिनेछ।

कमिडी च्याम्पियनको ग्राण्ड फाइनल विजेतालाई प्रधान गरिने नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने निटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ निकै लोकप्रिय रहेको छ।

प्रतिक्रिया दिनुहोस्