Logo

कनेक्ट आइपीएसको नयाँ अफर, स्कूलको फी बुझाउँदा १० हजारसम्म पाईने

कनेक्ट आइपीएसको नयाँ अफर, स्कूलको फी बुझाउँदा १० हजारसम्म पाईने



काठमाडौं । कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्ने बताएको हो ।

laxmi

यो अफर कनेक्ट आइपीएसबाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आइपीएसको वेबसाइटमा बिजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने छ ।

अभिभावकहरु तथा विद्यार्थीहरुलाई कनेक्ट आइपीएसमार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । यसबाटबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL