Logo

जी मोटर्सले सार्वजनिक गर्याे स्माईल प्रिमियम जक्जरी ईभी, ६२० किमी रेन्ज दिने

जी मोटर्सले सार्वजनिक गर्याे स्माईल प्रिमियम जक्जरी ईभी, ६२० किमी रेन्ज दिने



काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका सवारी साधन विक्री गर्दै आएको जी मोटर्सले स्माईल प्रिमियम लक्जरी ईभी सार्वजनिक गरेको छ । कम्पनीले उक्त गाडीको आधिकारिक वितरकको रुपमा नेपालमा सार्वजनिक गरेको हो ।

laxmi

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी बिहीबार एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको उद्घाटन साथै २ बान गाडी ग्राहक माझ डेलिभरी गरेको छ ।

कार्यक्रममा नेपाल स्थित चिनिया दूताबासका ईकोनोमिक यन्त्र कमर्शियल कन्सुलर, चिनियाँ प्रतिनिधि भीमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुद्घाटन गरिएको हो ।

नाडा अटोशोबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री सुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिंगल चार्जमा तय गर्ने र ८६ किलोवाट आवरको व्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने जनाएको छ ।

गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी गराए।

स्काइवेतका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । स्काईवेल ईटि५ को नेपाली बजार मूल्य रु १ करोड ९ लाख रहेको कम्पनीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL