Logo

रुस्लान भोड्का एण्ड वेभरेज आयोजना हुँदै, ४ सय ब्राण्डका १५० स्टल रहने

रुस्लान भोड्का एण्ड वेभरेज आयोजना हुँदै, ४ सय ब्राण्डका १५० स्टल रहने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रुस्लान भोड्काले ‘रुस्लान भोड्का फुड एण्ड वेभरेज तथा हस्पिटालिटी २०१६’ को आयोजना गर्ने भएको छ । रुस्लानले दशैं, तिहार, छट, क्रिष्मस, ल्होसार तथा नयाँ वर्ष उत्सव लगायतलाई लक्षित गरी खाध्य तथा पेय मौसमलाई सुरुवात गर्ने लक्ष्य अनुरुप उक्त मेला आयोजना गर्न लागेको हो । मेला भृकुटी मण्डपमा यही भदौं ३० गतेदेखि असोज २ गतेसम्म हुने छ ।

पछिल्लो समय टेक अवे विक्रेता, सडक किनाराका भोजनालय, किराना पसलहरु हरेक टोलटोलमा तथा बजारमा उच्च रुपमा बृद्धि भइरहेकाले त्यसैलाई केन्द्रित गरी उक्त मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । मेला व्यापार व्यवसायसँग केद्रित भए पनि उपभोक्ताहरुलाई बढी लक्षित गरिने भएको छ । सो कार्यक्रममा ४० हजार आगन्तुक र १२ हजार व्यवसायीहरु भित्र्याउने लक्ष्य लिइएको छ ।

मेलाले होटल व्यवसायी, रेष्टुराँ मालिक प्रवन्धकहरु, बार÷पर्व पार्टी प्यालेसका मालिकप्रवन्धकहरु, विद्यालय होस्टेल, अस्पतालका भोजनालय संचालकहरु, सवै बारहोल्डर, सुपर मार्केट तथा किराना पसलका व्यवसायकर्ताहरुलाई आकर्षित गर्नेछ । साथै बेकरी, स्न्याक्स तथा तयारी खाजा उत्पादकहरु, टेन्ट हाउस तथा साधारण उपभोक्ताहरुलाई समेत आकर्षित गर्ने आयोजनको दावी छ ।

सो मेलामा ४ सय वटा ब्राण्ड, २ सय सस्था रहने छ भने १ सय ५० वटा स्टल राखिने भएको छ । सो मेलामा विशेष खालका विभिन्न ६ वटा कार्यक्रम हुनेछ । मेलामा विजय डिष्टिलरीले विभिन्न प्रोत्सान योजना गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL