Logo

याडियाको सस्तो स्कुटर सार्वजनिक, १५० किलोमिटर रेन्ज दिने

याडियाको सस्तो स्कुटर सार्वजनिक, १५० किलोमिटर रेन्ज दिने



काठमाडौं । याडियाले नेपाली बजारमा १५० किलोमिटर रेन्ज दिने बजेट स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले २ लाख ६० हजार रुपैयाँमै उपलब्ध हुनेगरी बिहीबार उक्त स्कुटर सार्वजनिक गरेको हो ।

laxmi

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । कम्पनीको नक्साल स्थित शोरुममा आयोजिक एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त स्कुटर सार्वजनिक गरेका हुन् ।

यो स्कुटरलाई एक पटकको फुलचार्जमा १५० किलोमिटरसम्म गुडाउने मिल्ने बताईएको छ । यसमा २.७३ किलोवाट आवर क्षमातको ग्राफिन ब्याट्री उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL