Logo

सोनामको पहिलो फ्याक्ट्री आउटलेट तथा २३ औँ शो रुम कलंकीमा, यो आउटलेटमा वर्षैभरि छुट पाइने

सोनामको पहिलो फ्याक्ट्री आउटलेट तथा २३ औँ शो रुम कलंकीमा, यो आउटलेटमा वर्षैभरि छुट पाइने



काठमाडौँ । चर्चित साथै उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स, कलङ्कीमा खुलाएको छ । सोनामको यो आउटलेटसहित शो रुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा वर्षैभरी विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ खुलिएको हो ।

laxmi

यहाँ कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजमा कपडाहरू पाइन्छ । ग्राहकहरुले नयाँ नयाँ डिजाइनका साथै छुटवाला कपडाहरू किन्न उपयुक्त आउटलेट रहेको कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायां सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमल, जडिवुटीको जडीबुटी चोक, ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतलीलाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका शो रुम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL