Logo

टेबलटेनिस खेलाडी नबिता श्रेष्ठ र युटिएसबीच सम्झौता, अब अन्तरराष्ट्रिय खेलहरुमा सहयोग गर्ने

टेबलटेनिस खेलाडी नबिता श्रेष्ठ र युटिएसबीच सम्झौता, अब अन्तरराष्ट्रिय खेलहरुमा सहयोग गर्ने



काठमाडौं । विश्वबजारमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) ले राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठसँग सम्झौता गरेको छ ।

laxmi

नेपाली खेलकुदमा उत्कृष्टतालाई बढावा दिनको लागि युटिएसले यस्तो सम्झौता गरेको हो । यो कम्पनीको प्रेरणा, वृद्धि र सामुदायिक संलग्नताको संस्कृतिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतासँग पनि मेल खान्छ ।

नेपाली टेबलटेनिसकी उत्कृष्ट खेलाडी नविता श्रेष्ठ टेबलटेनिसमा नौ पटक राष्ट्रिय च्याम्पियन बनेकी छिन् । अन्तर्राष्ट्रिय स्टेडियमहरुमा पनि नविताले आफ्नो पहिचान बनाइसकेकी छिन्, उनी दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, विश्व टेबलटेनिस च्याम्पियनसिप, एसियाली च्याम्पियनसिप जस्ता प्रतिष्ठित इभेन्टमा सहभागी भईसकेकी छन् ।

युटीएसका निर्देशक सुर्यांस बैद्य नविता श्रेष्ठलाई साझेदार बनाउने निर्णय उत्कृष्ट निर्णय भएको बताउँछन् । विभिन्न अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई समर्थन गर्न युटिएस दत्तचित्त भएको उनले बताए ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले स्थानीय खेलाडीहरूलाई सहयोग गर्ने युटिएसको भूमिकाको प्रशंसा गरे । यो सम्झौता ओलम्पिक खेल जस्ता प्रतिष्ठित खेलहरूमा स्थानीय खेलाडीहरूको योग्यता यात्रामा रहेको खाडललाई बन्द गर्नको लागि एक महत्त्वपूर्ण कदम हुने उनको भनाई छ । टोयोटा र नविताबीचको साझेदारीले नेपाललाई विश्वको नक्सामा राख्नुका साथै स्थानीय खेलकुद प्रतिभालाई पनि उत्प्रेरित गर्ने उनले बताए । यो साझेदारीले उनी विश्व प्रसिद्ध ब्रान्डको प्रतिनिधित्व गर्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL