Logo

नेपाल पे क्यूआर र सेल्सबेरीबीच सम्झौता, सेल्सबेरीमा क्युआरमार्फत भुक्तानी गर्दा १०% क्यासब्याक

नेपाल पे क्यूआर र सेल्सबेरीबीच सम्झौता, सेल्सबेरीमा क्युआरमार्फत भुक्तानी गर्दा १०% क्यासब्याक



काठमाडौं । अब ग्राहकहरुले नेपाल पे क्यूआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १०% वा अधिकतम १ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।

laxmi

उक्त अफरमा ग्राहकहरुले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाईनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी प्रति दिन एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यस्तै अफर अवधिभरि ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL