Logo

एफडी मोटर्स र नबिल बैंकबीच सम्झौता, इलेक्ट्रिक स्कुटर किन्न सजिलै लोन पाईने

एफडी मोटर्स र नबिल बैंकबीच सम्झौता, इलेक्ट्रिक स्कुटर किन्न सजिलै लोन पाईने



काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफडी माेटर्स) र नबिल बैंकबीच सम्झौता भएको छ । एफडी माेटर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा दिने लक्ष्यसहित दुई कम्पनीबीच सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुसार कुनै पनी ग्राहकहरुले एफडी माेटर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्ने भएका छन् ।

एफडी माेटर्सले हाल दुई ओटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य २ लाख ६१ हजार ९ सय ९९ र र एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । छिट्टै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि विक्रीका लागि सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL