Logo

हिमालयन रिलाई प्रिमयममा आईपीओ ल्याउन अनुमति, प्रतिकित्ता मूल्य २०६

हिमालयन रिलाई प्रिमयममा आईपीओ ल्याउन अनुमति, प्रतिकित्ता मूल्य २०६



काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई प्रीमियम मूल्यमा आईपीओ जारी गर्न अनुमती दिएको छ । बोर्डको मंगलबार हिमालयन रिलाई प्रीमियममा आईपीओ निष्कासन गर्न अनुमती दिएको हो ।

laxmi

कम्पनीले अंकित मूल्य १ सयमा १ सय ६ रुपैयाँ प्रीमियम मूल्य थपेर २०६ रुपैयाँमा आइपीओ निष्कासन गर्न अनुमती पाएको बोर्डका एक अधिकारीले बताए । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि भदौ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले बोर्डमा १ सय रुपैयाँमा १ सय ८ रुपैयाँ थपेर २ सय ८ रुपैयाँमा आईपीओ निष्कासन गर्नको लागि आवेदन दिएको थियो । बोर्डले दुई रुपैयाँ मूल्य घटाएर कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि अनुमती दिएको छ ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एमएमबि क्यापीटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL