Logo

भायानेटले ल्यायो चाडपर्व छुटहरूको अफर, हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध

भायानेटले ल्यायो चाडपर्व छुटहरूको अफर, हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध



काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ।

यसका साथै महान् चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ एकबीपीएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रियब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशत सम्म छुटका लागि योग्य हुनेछन्।

त्यसैले यस अभियानको नाम ‘चाडमा चौका’ राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरू नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दसैँको समयमायी वस्तुहरू घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।
उपलब्ध छुटहरू यसप्रकार छन् :

– अल्टिमा वायरलेस इयरबड्स : भ्याटसहितको मूल्य १२२५

-हिमस्टार ४३ इन्च स्मार्ट टिभी : भ्याटसहितको मूल्य २७,५००

– हिमस्टार ५५ इन्च स्मार्ट टिभी : भ्याटसहितको मूल्य ५४,०००

– हिमस्टार रेफ्रिजरेटर : भ्याटसहितको मूल्य १७,५१०

– हिमस्टार वाशिङ मेसिन : भ्याटसहितको मूल्य ४१,२००

प्रतिक्रिया दिनुहोस्
MBL
NTC