Logo

निसान गाडीको नयाँ संस्करणहरू नाडा अटोमा प्रदर्शन, नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास

निसान गाडीको नयाँ संस्करणहरू नाडा अटोमा प्रदर्शन, नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास



काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले— निसान गाडीको नयाँ संस्करणहरू नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ । निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ इलेक्ट्रिक गाडी (Zero-emission 2nd Generation Nissan LEAF EV), नाभारा प्रो फोर एक्स (Navara Pro4x) गाडी को विशेष ‘Lifestyle Edition’ साथै नयाँ निसान म्याग्नाइटको नयाँ एएमटि भेरियन्ट (Nissan Magnite AMT EZ-Shift) सार्वजनिक गरिएको हो । नेपाली बजारको आवश्यकता अनुरूप अत्याधुनिक अटोमोटिभ प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धताका साथ नेपालमा ४ वर्षपछि भईरहेको नाडा अटो सोमा निसानले सहभागिता जनाएको हो ।

laxmi

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने, “हाम्रा नेपाली ग्राहकहरूको रोजाई र प्राथमिकता अनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ नाडा अटो सोमा निसानका नयाँ गाडीहरू प्रदर्शन गरेका हौँ । हामीले सार्वजनिक गरेका नयाँ गाडीहरूले (इनोभेटिभ प्रोडक्टस्हरूले) विभिन्न फाइदाहरूका साथ ग्राहकको आवश्यकता तथा रोजाई पूरा गर्नुको साथै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास लिएका छौँ ।”

निसान इन्डिया, CBU र साउथ एसिया व्यापार इकाईका निर्यात प्रमुख रघुनाथका अनुसार, नेपाल निसानका लागि प्रमुख बजार पनि हो । उनले भने, ‘डाइनामिक पर्फमेन्स’का साथै सुरक्षा र आरामलाई सुनिश्चित गर्न उत्कृष्ट श्रेणीका कारहरू ल्याउन जारी राख्नेछौं । निसानले चाँडै नै यस चाडपर्वको अवसरमा सबै नयाँ एक्स-ट्रेल ई-पावर(New X-trail e-power) सार्वजनिक गर्दैछ जसले शहरको ट्राफिकमा पनि आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्नेछ । निसान एक्स-ट्रेलको यो हाइब्रिड इ-पावर संस्करणले उत्कृष्ट कार्यकुशलता (इफिसियन्सि), आधुनिक सुविधा र आरामदायी इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
MBL