Logo

होन्डा नेपालद्वारा सिटी ई–एच ईभी गाडी सार्वजनिक, अत्याधुनिक प्रविधियुक्त नयाँ विशेषता

होन्डा नेपालद्वारा सिटी ई–एच ईभी गाडी सार्वजनिक, अत्याधुनिक प्रविधियुक्त नयाँ विशेषता



काठमाडौँ । होन्डाले नयाँ विशेषतायुक्त सिटी ई–एच ईभी गाडी सार्वजनिक गरेको छ । वर्षौंदेखि उपभोक्ताहरुको माझ लोकप्रिय होन्डा सिटी यसपाली नयाँ हाइब्रिड भेरिएन्टमा आएको हो ।

laxmi

आत्याधुनिक प्रविधियुक्त सिटी ई–एच ईभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने कम्पनीको विश्वास छ। द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका लागि नयाँ मापदण्डहरू सेट गरिएको कम्पनीको भना इछ ।

सिटी ई–एच ईभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ। यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो। यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ। प्याकेजमा भएको लेन–किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ।

सिटी ई – एच ई भी को बारेमा थप जानकारी तथा टेस्ट ड्राइभका लागि आफ्नो नजिकको होन्डा कार शोरूममा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL