Logo

छाला वस्तु तथा जुत्ता चप्पलहरु प्रदर्शनीको तयारी पुरा, यसपटक कपडाहरुको पनि प्रर्दशनी हुँदै

छाला वस्तु तथा जुत्ता चप्पलहरु प्रदर्शनीको तयारी पुरा, यसपटक कपडाहरुको पनि प्रर्दशनी हुँदै


रामराजा श्रेष्ठ
81
Shares

बिजखबर  संवाददाता

६ पुस, काठमाडौं । छाला वस्तु तथा जुत्ता चप्पलहरुको एघारौं औद्योगि प्रर्दशनी तयारी अन्तिम अवस्थामा पुगेको छ । नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालको आयोजनामा यहि पुस ९ गतेदेखि ११ गतेसम्म हुने उक्त प्रर्दशनीको तयारी अन्तिम अवस्था पुगेको प्रदर्शनी व्यवस्थापन समितिका संयोजक कृष्णकुमार फुँयालले बताए । यस पटकको मेला ‘सामुहिक व्यापार चिन्हको प्रयोग — स्वदेशी उत्पादनको पहिचान’ भन्ने मुल नाराका साथ आयोजना गर्दैछौं,’ मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनmे ‘यो पटकको प्रदर्शनीमा केही फरकपन छ ।’ मेला काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।

विगतमा जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरुको मात्र प्रदर्शनी हुँदै आएकोमा यसपटक भने कपडा तथा सिलाई व्यवसायी संघलाई समेत समावेश गराई  एउटै छानामुनी स्वदेशी वुट र स्वदेशी सुटको प्रर्दशनी हुने भएको छ । जसले गर्दा यस पटकको प्रदर्शनी ले विशेष महत्व राख्ने आयोजकको दावी छ ।

करिव १८० वटा स्टल मध्ये ५० वटा स्टल नेपाल कपडा तथा सिलाई व्यवसायी संघको रहनेछ । जसमा सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु तथा आकर्षक डिजाइनका सटि¨ सुटिङ्गका डिजाईनहरु प्रदर्शनीमा रहनेछन् । वाकी १२० वटा स्टलहरुमा जुत्ता चप्पल तथा छालाजन्य वस्तु तथा ति वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु प्रदर्शनीमा राखिनेछ । बाकी १० वटा स्टलहरु स्वदेशी उत्पादनका वस्तुहरु र रेष्टुरेन्टहरु सहभागी हुनेछन्
lpt
  प्रदर्शनीको उद्देश्य ः

प्रदर्शनीको मुख्य उद्देश्य स्वदेशी उत्पादनका वारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका वारेमा जानकारी गराउनु रहेको छ । यसैगरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रदर्शनीको माध्यमबाट व्यापक प्रचार प्रसार गरि वाह्य वजार समेत विस्तारगर्ने, विदेशी जुत्ता चप्पल र वस्तुहरुको आयातलाई प्रतिस्थापन गरि जुत्ता चप्पल तथा वस्तु उत्पादनका क्षेत्रमा मूलूकलाई आत्म निर्भर बनाउने, वास्तविक उपभोक्तालाई प्रत्यक्ष भेटी  उनीहरुका गुनासा एवं राय, सुझाव संकलन गरि कमी कमजोरीलाई सच्याउदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउने जस्ता रहेको छ । यसैगरी, स्वदेशमा उत्पादित जुत्ता, चप्पल, छालाजन्य वस्तु तथा स्वदेशमा तयार गरिएका सर्टि¨ सुटिङ्गका सामाग्रिहरु एउटै छानामुनीउपभोक्ताले एकै पटक अवलोकन गर्न पाउने र खरिद गर्न पाउने अवसर प्रदान गर्नु प्रदर्शनीका मूख्य उद्देश्य रहेको छ ।

प्रदर्शनीको आकर्षणः

उपभोक्ताहरुलाई प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सर्ट, पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु लगाउन तथा खरिद डिस्काउन्टमा उपलवध गराईने छ । यसैगरी, नयाँ डिजाइनका जुत्ता, चप्पल, छालाजन्य वस्तु तथा सर्टि¨ सुटिङ्गका सामाग्रिहरु अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । मेलनान प्रवेश शुल्क वापत लिएको रकम  जुन सुकै जुत्ता तथा  वस्तु खरिद गर्दा र्फिता गरिने छ ।

प्रदर्शनीको मुख्य प्रायोजकहरु

छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यावसायी संघको सह आयोजनामा हुने प्रदर्शनीको मुख्य प्रायोजक किरन सुज रहेको छ । यस्तै प्रायोजकको रुपमा शिखर सुज, बिएफ डियर हिल तथा श्रीनाथ कलेक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL