Logo

नमस्ते पेको बम्पर अफर सार्वजनिक, भाग्यमानी प्रयोगकर्तालाई ल्यापटप र स्कुटर जित्ने मौका

नमस्ते पेको बम्पर अफर सार्वजनिक, भाग्यमानी प्रयोगकर्तालाई ल्यापटप र स्कुटर जित्ने मौका



काठमाडौं । नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुलहरूका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । कम्पनीले आफ्ना भाग्यशाली ग्राहकहरुलाई ल्यापटप र स्कुटर दिनेगरी नयाँ भभियान सुरु गरेको हो । उक्त अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको छ ।

laxmi

उक्त अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन् । अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम २ कारोबार पूरा गर्न आवश्यक छ । साप्ताहिक अफरहरू जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा शतप्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।

त्यसैगरी, दैनिक अफरहरू जस्तै ५ सय रुपैयाँ वालेट ब्यालेन्स, एक जीबी डाटा प्याक र १ सय रुपैयाँ क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन् । यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ता का साथै केवाईसी प्रमाणित गर्नुपर्ने छ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL