Logo

बैंकको ब्याजदर घटने क्रम जारी : आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छन् ?

बैंकको ब्याजदर घटने क्रम जारी : आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति दिन्छन् ?



काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । केही समययता निरन्तर घटिरहेको बैंकको ब्याज अघिल्ला महिनाहरुजस्तै घटेको छ । सो अनुसार भदौ महिनाका लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको औसत ब्याजदर घटेको छ । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत मुद्दतिको औसतमा बैंकहरुको ब्याजदर ०.१८ प्रतिशत बिन्दुले घटेको हो ।

भदौ महिनाको लागि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ५.५८ प्रतिशत निर्धारण भएको छ भने संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर ३.९६ प्रतिशत कायम भएको छ ।

साउन महिनाको लागि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ५.७५ प्रतिशत र संस्थागततर्फको ब्याजदर ४.१२ प्रतिशत कायम भएको थियो । एक महिनाको अवधिमा ८ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने अरु बैंकले साउन महिनाकै ब्याजदरलाई भदौ महिनामा पनि निरन्तरता दिएका छन् ।

भदौ महिनाको लागि व्यक्तिगत मुद्दति निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ब्याजदर ६.२५ प्रतिशतसम्म निर्धारण भएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा सबैभन्दा धेरै एनआईसी एसिया बैंकले ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ । यस बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ ।

प्रतिक्रिया दिनुहोस्