Logo

Global_Ime

अर्थ समितिको गैरकानुनी कदम विरुद्ध धितोपत्र बोर्ड पुगे नयाँ ब्रोकर, अर्थ समिति सिमित व्यक्तिको स्वार्थमा चल्यो

अर्थ समितिको गैरकानुनी कदम विरुद्ध धितोपत्र बोर्ड पुगे नयाँ ब्रोकर, अर्थ समिति सिमित व्यक्तिको स्वार्थमा चल्यो



काठमाडौं । अर्थ समितिले केही व्यक्तिको स्वार्थमा गैर कानुनी रुपमा नयाँ ब्रोकर लाईसेन्स प्रक्रिया रोकेको भन्दै तत्काल संचालनको बाटो खुला गरिदिन नयाँ स्टक ब्रोकर एसोसिएसनले माग गरेको छ । आज बोर्डका अध्यक्ष रमेश हमाललाई भेटी नयाँ स्टक ब्रोकर एसोसिएसनका संयोजक सागर ढकालको नेतृत्वले भेट गरेको हो ।

Laxmi_sunrise
KBL

लामो समयको अन्यौलता पछि सर्वोच्च अदालतबाट निर्णय अनुरुप हाल ४३ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन आशय पत्र दिएको र आवश्यक भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुलाई अनुमति प्रदान गरेको अवस्था अर्थ समितिले गलत तरिकाले रोक्ने निर्णय गरेको भन्दै खुलाउन आग्रह गरेका हुन् ।

साथै अर्थ समितिले पूर्वाग्रह पूर्ण, सीमित व्यवसायीको सिण्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गरी आवश्यक पहलकदमी तथा सहजीकरण गर्दै हाल स्थगित गरिएको इजाजत तथा सदस्यता सम्बन्धि प्रक्रियालाई यथाशीघ्र सूचारु गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई लिखित निर्देशन दिन समेत अध्यक्ष हमाललाई आग्रह गरेका छन् ।

नयाँ ब्रोबकरले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र तथा सदस्यता प्राप्त गर्ने क्रममा इजाजत प्रापत मात्रै १४ करोड राजस्व सरकारलाई तिरिसकेको, ४३ कम्पनीमा करिब ५०० जना कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएको, भौतिक पूर्वाधार वापत करिब ४० करोड रुपैयाँ खर्च भैसकेको जानकारी दिएको छ । सथौ अहिले ४३ कम्पनीहरुको मासिक औषत ४ करोड रुपैयाँ खर्च भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC