Logo

जेठ ४ देखि चेम्बर एक्स्पो हुँदै, एक दर्जन देशका १५० बढी स्टल रहने

जेठ ४ देखि चेम्बर एक्स्पो हुँदै, एक दर्जन देशका १५० बढी स्टल रहने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना गर्ने भएको छ । चेम्बरले आगामी जेठ ४ गतेदेखि जेठ ८ गतेसम्म ५ दिने उक्त एक्स्पाे आयोजना गर्न लागेको हो । काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान, स्वदेशी उत्पादनको बजारीकरणलगायतमा जाेड दिइने चेम्बरको भनाई छ ।
पछिल्ला पाँच संस्करणहरूको सफलतापुर्वक आयोजना गरिसकेको चेम्बरले मेलाको छैठौं संस्करण पनि आयोजना गर्न लागेको हो ।

laxmi

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने बताईएको छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले उक्त प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

यो बर्षको मेलामा विगतमा झैं बंगलादेशको वाणिज्य मन्त्रालय र निर्यात प्रवद्र्धन ब्युरोको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् ।

एक्स्पोमा अटोमोबाइल, विद्युतीय सामग्री तथा उपकरण, फ्लोरिङ तथा फर्निसिङ, घरायशी सामग्री, लत्ता कपडा, मोबाइल, हस्तकलाका सामग्री, जुत्ताचप्पललगायतका सामग्रीहरुको प्रदर्शन गरिनेछ ।

उक्त एक्स्पोको अफिसियल इन्सुरेन्स प्रभु इन्सरेन्स रहेको छ भने इन्टरनेट पार्टनरको रुपमा क्लासिक टेक छ । यो एक्सपोको सम्पुर्ण व्यवस्थापनको जिम्मेवारी इन्ट्रोडक्सन ट्रेड सोज नेपालले लिएको छ ।

मेलामा १ सय ५० भन्दा बढि स्टलहरू रहने छन् । जस्मा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् र धमाधम स्टलहरु बुकिङ भईरहने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL