Logo

वर्ल्डलिंक र पब्जी मोबाइलबीच सम्झौता, खेलाडीको जोश अझै बढ्ने दावी

वर्ल्डलिंक र पब्जी मोबाइलबीच सम्झौता, खेलाडीको जोश अझै बढ्ने दावी



काठमाडौं। मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच दुई निकायबीच रणनीतिक पार्टनरको रुपमा साझेदारीको सहमति भएको हो ।

laxmi

उक्त सम्झौतामा वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र पब्जी मोबाइल निर्माता कम्पनी टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता पर्थ शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार वर्ल्डलिंक र पब्जीले नेपालमा उक्त गेमलाई थप परिस्कृत र खेलाडीहरुले राम्रो अनुभव पाउने बताईएको छ । ‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा नेपाली गेमिङ समुदायको आवश्यकताहरुलाई सम्बोधन गर्नुपर्ने र उनीहरुको गेमिङ जोशलाई अझै सशक्तरुपमा पूरा गर्न नवीनतम प्रविधिको साथै अघि बढ्नुपर्ने भएकाले सम्झौता फलदायी हुने वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत नेपालले बताए ।

उनले उक्त साझेदारीलाई नेपालको मोबाइल गेमिङ विकास र विस्तारमा अभुतपूर्व कदम भएको दावी गरेका छन् । यता टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता शर्माले मोबाइल गेमिङ इकोसिस्टमलाई नै विकास गर्न आफूहरुको नजरमा नेपाल रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL