Logo

नेप्से ओरालो लाग्न थाल्यो, बुधबार १० अंकले घट्यो

नेप्से ओरालो लाग्न थाल्यो, बुधबार १० अंकले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ पुस, काठमडौं । बुधबार नेप्से परिसुचक ९ दशमलव ८ अंकले घटेको छ । आइतबार उच्च रुपमा बढेको नेप्से परिसुचक मंगलबारदेखि पुनः ओरालो लाग्न थालेको छ । बुधबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय विन्दुमा आएर अडिएको छ ।

बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ओरालो लगोको छ । सो समुहको परिसुचक ४२ दशमलव ८७ अंकले घटेको छ । त्यसैगरी होटल समुहको परिसुचक ३६ दशमलव ४६ अंकले घटेको छ भने बीमा समुहको परिसुचक पनि २८ दशमलव ८७ अंकले ओरालो लागेको छ ।

यस्तै बैंकिङ समुहको परिसुचक पनि ११ दशमलव ७८ अंकले घटेको छ । बुधबार बजारमा विकास बैंक समुहको परिसुचक वाहेक अन्य समुहको परिसुचक ओरालो लागेको छ ।

बुधवार बजारमा कुल १५ करोड ७१ लाख रुपैयाँ बरावरको ३ लाख ७ हजार कित्ता सेयर कारोवार भएको छ । बजारमा केही दिनयता कारोवार रकम बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL