Logo

सीजी फिन्कोले मनायो २० औं बार्षिकोत्सव, गैरकानुनी रकम हस्तान्तरण न्युनीकरणमा महत्वपुर्ण भूमिका

सीजी फिन्कोले मनायो २० औं बार्षिकोत्सव, गैरकानुनी रकम हस्तान्तरण न्युनीकरणमा महत्वपुर्ण भूमिका



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापुर्वक पुरा गरेको अवसरमाआफ्ना ग्राहकहरूप्रति सम्मान व्यक्त गरेको छ । २०औँ बार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफुमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान ब्यक्त गरेका हुन् ।

laxmi

उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजी फिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दै नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफुलाई प्रोत्साहन मिल्ने गरेको बताए । सीजी फिन्को नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारीमा अब्बल सावित हुँदै आएको र विदेशमा रहेका ग्राहकहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा पनि सन्तोष व्यत्त गरे ।

‘सीजी फिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ । मलाई लाग्छ २० बर्षअघि सीजी फिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, चौधरीले भने ।

विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्था मात्र नभई सीजी फिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको उनले बताए । साथै, आगामी दिनमा सीजी फिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी पनि उनले दिए ।

‘आगामी दिनमा सीजी फिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिँदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउनेछ’ अध्यक्ष चौधरीले भने । कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदर पत्र प्रदान गरेको थियो । जस अन्तर्गत, मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्री सिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिष कुमार हमाल सम्मानीत भएका थिए ।

२००३ मा स्थापित सीजी फिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL