Logo

सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व फाउन्डेशनलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई उक्त सहयोग गरेको हो ।

laxmi

अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था जस्ले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउँदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत प्रसिद्ध अभिनेत्री शिल्पा मास्के रहेकी छिन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रहरुमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL