Logo

नयाँ अर्थमन्त्री नियुक्तिको चर्चाबीच पनि थामिएन सेयर बजार, १८ सयको विन्दुमा झर्यो नेप्से

नयाँ अर्थमन्त्री नियुक्तिको चर्चाबीच पनि थामिएन सेयर बजार, १८ सयको विन्दुमा झर्यो नेप्से



काठमाडौं । नयाँ अर्थमन्त्री नियुक्तीको चर्चा भईरहँदा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकओरालो लाग्ने क्रम भने थामिएको छैन । पुष्पकमल दाहाल नेतृत्वको गठवन्धन सरकारले मन्त्रिमण्डल विस्तार प्रक्रिया अघि बढाएको छ । उक्त मन्त्रिमण्डलको अर्थमन्त्रीमा कांग्रेसका प्रकाश सरण महत हुने चर्चा पनि चुलिएको छ ।

यसरी मन्त्रिमण्डल विस्तार हुने कुरा अघि बढिरहँदा पनि आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २६.८७ अंकले ओरालो छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको बजार अन्तिम समयमा उच्च अंकले घट्दै १८ सय ८८ को विन्दुमा पुगेको हो । यसअघि १८ सयको विन्दुमा नेप्से गत पुसमा पुगेको थियो ।

आज दिनभर २ सय ५९ कम्पनीका ३७ लाख ५४ हजार ३ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । आज दिनभर भएको कारोबारमा १ सय ९३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । उकालो लागेका कम्पनीमध्ये पनि २ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट नजिक गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL