Logo

पाँच अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

पाँच अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ५.३२ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको सेयरबजार अन्तिममा ५ अंकको गिरावटसहित १९३३ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर २ सय ५८ कम्पनीका ३४ लाख २ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब १४ करोड १४ लाख ५५ हजार रुपैयाँमा खुम्चिएको हो ।

आज दिनभर कारोबार भएकामध्ये १ सय १९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ९२ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL