Logo

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता, ग्राहकलाई निशुल्क आयल चेन्ज

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता, ग्राहकलाई निशुल्क आयल चेन्ज



काठमाडौं । नपाल ल्युब आयलले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको छ । दुगड ब्रदर्श एण्ड सन्स्ले आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको नेपाल ल्युब आयलले सहभागिता जनाएको हो ।

उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो । दुगड ब्रदर्श एण्ड सन्स्द्धारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । गल्फ लूब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युव पार्टनर रहेको र उक्त दुवै स्कूटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरिय गूणस्तरको ल्युव उत्पादन गर्दै आईरहेको छ ।

सो क्याम्पमा सहभागी १ हजार ८ सयभन्दा धेरै ग्राहक मध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्युव आयल (गल्फ लूब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो । लक्की ड्र बाट निश्चल कार्की (भक्तपुर), कृष्ण नगबशी (बनेपा), राजेश प्रसाई (एकान्तकुना), शान्ति माया मगर (गहनापोखरी), अमीर मान भट्टाचार्य (झम्सिखेल), र राजु गुरुङ (बालाजु) बिजेता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL