Logo

नेपाल इन्भेस्टमेण्ट मेगा बैंक पनि नेपाल पे ट्याप र क्युआरमा आवद्ध, अब एक ट्यापमै भुक्तानी

नेपाल इन्भेस्टमेण्ट मेगा बैंक पनि नेपाल पे ट्याप र क्युआरमा आवद्ध, अब एक ट्यापमै भुक्तानी



काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले नेपाल पे ट्याप र नेपाल पे क्युआर सवा सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट उक्त सेवाको थालनी गरेकोहो ।

laxmi

ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डाईनामिक नेपाल पे क्युआरलाई पनि बैंकले आफ्नोफिनपोस मा सुचारु गरेको छ ।

उक्त फिनपोसमा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपीएस प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL