Logo

एनसीएचएलको कर्पाेरेट पे मार्फत ६ महिनामा २ खर्ब २ अर्ब भुक्तानी, गत बर्षभन्दा दोब्बरले बढ्यो

एनसीएचएलको कर्पाेरेट पे मार्फत ६ महिनामा २ खर्ब २ अर्ब भुक्तानी, गत बर्षभन्दा दोब्बरले बढ्यो



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को कर्पाेरेट पे मार्फत चालु आवको पुस मसान्तसम्म २ खर्ब २ अर्ब रुपयाँ बराबरको भुक्तानी भएको छ । गत आर्थिक बर्षको यहि अवधिमा जम्मा १ खर्ब ९ अर्ब रुपैयाँ मात्रै भुक्तानी भएको यो माध्यममार्फत यो बर्ष भुक्तानी बढेको हो ।

laxmi

बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पाेरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या २ गुणाले बढेको एनसीएचएलले जानकारी दिएको छ ।

हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक÷वित्तीय संस्थाका ६ हजार १ सयभन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।

यस्तै प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL