Logo

जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प, गाडी मर्मतमा आकर्षक छुट

जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प, गाडी मर्मतमा आकर्षक छुट



काठमाडौं । सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले कम्पनीले उक्त क्याम्प आयोजना गर्ने भएको हो ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनेछन् । यस्तै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५० प्रतिशत छुट पाउनुहुनेछ भने इन्जिन कुलिंग, एसी/ हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL